January 11, 2025
DAY OUT. (स्मृतिका पानाहरु)

“कत्ति धेरै हिउँ परेको है।” उस्ले झ्याल बाहिर हेर्दै भनिन् “तिमीलाई यसरी हिउँ परेको बेला के गर्न मन लाग्छ? मलाई त सिरकमा बेरिएर सुत्न मन लाग्छ।” उस्का कुराहरु अजिबका हुन्थे, प्रश्न तेर्साइ नसक्दै आफ्नो तर्फबाट उत्तर पनि दिने। आफू जन्मे हुर्केको ठाउँ सबैलाई प्यारो लाग्छ। र अर्को पनि एउटा ठाउँ हुन्छ जहाँ आफू नजन्मे पनि