September 13, 2023
बुबाको मुख हेर्ने दिन

कुनै कुराको अभावले धेरै दुःख दिन्छ या केही प्राप्तिको चाहनाले बढी सताउछ? त्यसो त मानिसका इच्छा चाहनाहरुको कुनै परिधि छैन, यो अनन्त सम्म थपि नै रहन्छ। त्यसवेला मेरो इच्छा चाहना जे नाम दिए पनि एउटै थियो, साइकल कुदाउने। गाउँमा मेरो बाल्यकालको साथी सन्जितसँग थियो साइकल, उसैले कुदाउन सिकाउदै थियो। जति जोडले पैडल मारेपनि स्पिड कुदेन