फिक्का मुस्कान्

शनिवारको दिन थियो , यो छुट्टीको दिन कुनै दशैँभन्दा कम रमाइलो हुन्न मेरो लागि। जिन्दगीको दौडधुप,तनाब सबै भुलेर खुल्ला पन्छी जस्तै जिउछु म यो दिन। न मलाई कुनै रेस्टुराँमा गएर एक्लै खाना खानु लाज लाग्छ ना त कुनै एकान्तमा गएर घण्टौ समय बिताउन नै।
म कोठाबाट निस्किए तर कता जानलाई त्यो थाहा छैन्। म अक्सर यस्तै गर्छु, बस स्टेशनमा गएर उभिन्छु र जुन बस सुरुमा आउछ त्यसैमा चढेर कहाँ कहाँ पुग्छु।
आज स्वयम्भु पुगेको थिए। तिन घण्टा त्यहाँको बसाइँमा एक टपरी खरबुजा, एक टपरी भुइँकटहर र एक लिटर पानी सकाएछु। केही जोडि बाँदर पनि देखे सायद जुम्रा हेर्दै थिए र केही युगल जोडिहरु पनि। मेरो छेउमा बसेका सायद नयाँजोडि हुनुपर्छ एकअर्कासँग कहिल्यै नछुट्टिने बाचा गर्दै थिए। मान्छेको प्रकृति नै कुनै कुरा सुनेरपनि नसुने जस्तै गर्ने हुन्छ तर म दत्तचित्तले सुन्न चाहदैथिए। यो कहिल्यै नछुट्टिनेवाला बाचाहरु प्रायले जीवनमा एकपल्ट त गरेकै हुन्छन, मैले पनि।
आजको दिन नै धुम्म थियो पानी पर्ला जस्तो, साउन महिना अझै गइसकेको थिएन। ति जोडिहरुलाई छोडेर म निस्किए, एकपल्ट स्वयम्भुलाई फर्कि हेरे र मुस्कुराइ दिए। त्यसै मन खुसी थियो अझ खुसी भयो जब नेपाल यातायातको बसमा खाली सिट भेटे,झ्यालवाला खाली सिट। उनी भन्ने गर्थीन “हेर्नुस् यस्तै हो भनेनी तपाईंले काठमाण्डुको बसमा कहिल्यै बसेर यात्रा गर्नपाउनु हुन्न।” हुन पनि म कोही वृद्ध या महिला उभिएको देखेर आफु बसिरहन सक्दिन थिए। धेरै पछि काठमाण्डुले के सिकायो भने बसको अन्तिम तिर गएर बस्नुपर्ने रहेछ, यसो हुँदा कसैलाई सिट छोडिदिनुपर्ने अवस्था कमै आउने किनभने असक्त तथा महिलाहरू अन्तिम तिर खास्सै आउदैन थिए। मैले मन मनै भने ” हेर.. मैले सिट पाए नि!”
गाडिमा यात्रा गर्दा झ्यालवाला सिट पाउनु, बाहिर सिमसिम झरि पर्नु र एयरफोनमा कुनै सफ्ट गाना बज्नु वा! म भन्दा बढि भाग्यमानी अरु को होला र? गाडि बालाजू वर रोकियो, म झ्यालमा अडेस लाएर यो झरी को मज्जा लिरहेको थिए। यत्तिकैमा मेरो ध्यान भङ्ग गराउने एउटि युवति बसमा चडिन् युवति होइन म उस्लाई परी भन्न चाहन्छु परी। हल्का सेतो र गुलाबी रङ्को कुर्था, कानमा झुम्का अनि कपाल खुल्ला ए अ! निधारमा कालो टिका पनि थियो क्यार। हेरिरहु लाग्ने मुहार। मलाई पहिलो पल्ट खालि बस पाएकोमा रिस उठ्यो। यदि त्यो सिटमा कोही हुन्थ्यो भने उनी मेरो साथ बसेकि हुन्थिन् आहा! सम्झिदा पनि कत्ति रमाइलो। बाछिटाले हल्का कपाल भिजेछ। ‘लौ रुमालले पुछ’ भन्दै रुमाल दिनु नि नमिल्ने। बाहिर सिमसिम पानी परिरहेकै थियो। उस्को यात्रा चक्रपथ सम्मलाई मात्र रहेछ। अब पानीमा रुझ्ने भइन, कस्सम! छाता भको भए दिने थिए। जाने बेला एकफेर नि नहेरि गइन् कत्ति निस्टुरि।
जिन्दगि यस्तै न हो, एउटा यात्रा। बाटैमा कति भेटिन्छन अनि छुटिन्छन पनि तर रोकिदैन चलिरहन्छ निरन्तर।
चक्रपथ चौकबाट लगभग 40 बर्ष जतिको देखिने मान्छे मेरो छेउमा बस्यो र उसको छोराहरु हुनु पर्छ 10 बर्ष जतिका देखिने 2 जना बच्चाहरु अर्को पट्टिको सिटमा बसे अघि परी बसेकि सिटमा। यदि बहिरी पहिरनले या सुन्दरताले कसैको व्यक्तित्व या चरित्र निर्धारण गर्छ भने म किटानका साथ भन्न सक्छु यी ब्यक्ति कुनै धनाड्य् परिवारबाट हुनुपर्छ, नाडीमा ओमेगा(omega )को महँगो घडी, हातमा महँगो आईफोन औंलामा प्लेटिनम(platinum)को औठी तर अनुहार… अनुहार एकदम उदास, के धनिहरु यस्तै उदास हुन्छन् र ? सोचे सायद कतै कार खराब भएर बस चढ्ने नौबत आयो होला। उता बच्चाहरु स्वाभाविक भन्दा बढी नै चन्चल थिए , मानौ कुनै बाँधिएको बाख्राका पाठाहरुलाई केही समयको लागि छोडिएको छ। उनिहरु चलिरहेको गाडीमा यता उति गर्दै थिए। कैले अघि बसेको बाजेको टोपी झिकेर आफु लगाउथे त कैले पछि बसेका दाइहरुलाई जिस्काउन पुग्थे।
यो बसभित्रको सुनसान नै हल्लामय भएको थियो सबैको अनुहारमा दिक्दारी देखिन्थ्यो, जब त्यहाँ अघि बसेको भाइको बैसाखी खोसेर बच्चाहरु खेल्न लागे अनि मैले यी व्यक्तिलाई भने ” Excuse me sir!” उसले सुनेन या सुन्न चाहेन थाहा छैन। मैले sir भनेर सम्बोधन गरिरहेको थिए, यसै उमेरको तर अलि पुरानो कपडामा कोही हुन्थे भने म दाइ भनेर सम्बोधन गर्थे या अंकल।यो बाहिरी आवरण देखेर इज्जत गर्ने समाजबाट म पनि अछुत रहन सकेको छैन।
मैले ती मान्छेलाई हातले झकझकाएर बोलाए,उ यसरी बिउँझियो कि मानौ आँखा खोलेरै सपना देखिरहेको छ। मैले भने “बाबुहरुले सबैलाई डिस्टर्ब गरिरहेका छन् , उनीहरुलाई चुप लागेर बस्नु भन्नुस न है ।” तब उस्ले ” ए हो!” भन्दै यताउति हेर्यो, मानौं यो सब होहल्ला बाट उ बेखबर छ। बच्चाहरुलाई चुप लागेर बस को इशारा दिएर यो मान्छे फेरि त्यसरी नै बस्यो उदास भएर।
मैले सोचे कस्तो संस्कारको कमी यिनीहरुमा,धन सम्म्पति भन्दा पनि राम्रो संस्कारले मान्छेलाई मान्छे बनाउछ, बच्चाहरु स्वाभाविकरुपले चकचके हुन्छन् तर उनीहरूलाई मार्गदर्शन गर्ने काम अभिभावकको हो, तर यो मान्छे त वास्ता नै नगरी बसिरहेको छ। आफैले मात्र बुझ्ने गरि भने “यस्तालाई के को sir!”
बस पशुपति एरिया कटेर एयरपोर्ट पुग्न लाग्दै थियो, बाहिर सिमसिमे पानी परिरहेको नै थियो,ती बच्चाहरूले भ्याएसम्म सबैलाई दुःख दिइरहेका थिए।
” उनीहरुको मम्मि लाई क्यानसर थियो” ती व्यक्तिले आँखा बन्द गरेर बोल्यो, म अलमलमा परे मथिङ्गल खल्बलियो। फेरि उसले भन्यो ” म बाबुहरुलाई मामा घर लिन पुग्दा उनीहरुको मम्मिले सन्सार छोडिसकेकी थिइन, उनीहरुलाई घर लगेरै थाहा दिन्छु भन्ने सोचेको छु। फर्कदा बस चढ्ने जिद्दी गरे, बसमा चढेर उनीहरु रमाइरहेका छन् तर घरमा उनीहरुको मम्मिको लास ले कुरिरहेको छ,र यो कुराबाट बेखबर उनीहरुलाई म यो केही बेरको खुशी पनि खोस्न चाहन्न।”
यी व्यक्तिको कुरा सुनेर म छाँगोबाट खसे जस्तै भए, यताउतीको होहल्ला सब सुनसान जस्तै लाग्यो। मैले देखे उसको आँखा अझै पनि बन्द थियो तर त्यो बन्द आँखाले आँसु रोकिरहन सकेको थिएन। बसबाट सिनामङ्गल आइपुगेको जानकारी दिदा उसले सपनाबाट बिउझिए जसरी झस्कदै आँखा खोल्यो, आँसु थामि सकेको थिएन। कालो चस्मा लगाउदै उ बस बाट निस्कियो, सायद त्यो कालो चस्माले आँसु लुकाउन आफ्नो धर्म छोडेन होला। ती बच्चाहरूले बसमा जति दुःख दिएपनि निस्कने बेला सबैलाई बाई-बाई गर्दै निस्किए।
मन कुटुक्क खायो , सोचे अब केही बेरमा नै उनीहरुको यो खुशी उमङ्ग एउटा उजाडिएको डाँडा जस्तै बन्नेछ जहाँ नयाँ पालुवा पलाउने सम्भावना छैन बराबर छ।
कोटेश्वर मा ओर्लनु पर्ने म जडिबुटी पुगेछु। सोच्दैछु ती व्यक्तिले आफ्नो दुःख किन बताए होला ? के उसको मन हुलुका भयो होला? तर मेरो मन गम्भीर भयो केही बोझिलोपन। हामी कति चाडैं अरु को बारेमा निष्कर्ष निकाल्छौ, उ के हो? कस्तो अवस्था सङ्ग जुधिरहेको छ थाहै नपाई उनीहरुलाई खण्डन गर्न थाल्छौ,उनीहरुको बारेमा मनगढन्ते व्याख्यान गर्छौ, फगत मनगढन्ते कथाकथित्, जस्को अधिकार कसैले दिनु पर्दैन किनभने हामी मान्छे हौ।
पलभरमै कसैको खण्डन गर्ने आफ्नो सोच सम्झिएर आफैलाई गिज्याइदिए एउटा निस्सार फिक्का मुस्कानले।
✍️ बिशाल लिम्बु (2017)
👏👏👏
Bluehost: It is one of the most popular hosting providers, recommended by WordPress. They offer a user-friendly interface, excellent uptime, and 24/7 customer support.
DreamHost: DreamHost is a well-established hosting provider, known for its solid uptime and fast-loading websites. They offer a wide range of hosting options, including shared, VPS, and dedicated hosting. http://webward.pw/.