आगन्तुक
सुनसान रातमा एक्कासि टाढाबाट कुकुर भुकेको आवाजले म झस्किए।
शरीर स्थिर थियो अनि मनमा अनेक प्रश्न लाग्छ पक्षाघात(Paralyze) यसैलाई भन्ने गरिन्छ। सोहि समय मान्छे जस्तै दुईजना मेरो नजिक आए। मान्छे जस्तै भन्नुको तात्पर्य मान्छे जस्तै यानि मान्छे थिएनन् तिनीहरु, कति ठूला ठूला आँखा र हरियो पातलो शरीर लगभग 4.5 फिट जति अग्लो नजीक आएर मेरो नाडी समाते अनि मेरो होस पुग्यो सन् 1351 मा
‘The hundred year war’ चलिरहेको थियो, England र Normandy(France) को बीच। यतिकैमा एउटाले भन्यो “यहाँ Virus को कारण महामारी चलिरहेको छ, तिमीहरुले यसलाई ‘Black death plague’ नाम दिएका छौ, 2 करोड 50 लाखभन्दा बढी मानिस मरिसके यस कारण।”
मैले देखे त्यहाँ मानिसहरुको लास जीउदो मानिस भन्दा बढी थिए।
काँचो रगतको गन्ध पुरै हावामा थियो। यतापनि मान्छे लडेको उतापनि, यति भयङ्कर डरलाग्दो दृश्य कुनै सिनेमाको भन्दा फरक थिएन।
फेरि मेरो हात समातियो र मेरो होस पुग्यो सन् 1918 को Versailles City France मा जहा World War (first) अन्त्यको घोषणा गरिदै थियो।
America तिर Thomas alva adition र Nikola tesla आफ्नो खोजमा लागिरहेको देखिन्थे, Albert einstein आफ्नो The Theory Of Relativity(E=mc2) को सिध्दान्तमा व्यस्त थिए। केहि समय पछि मैले देखे ‘Influenza’ को कारण मानिस मरिरहेका छन् तड्पिरहेका छन्, लास गाड्न मानिस नभएर एउटै खाल्टोमा फालिन्दैछन्।
भर्खरै World War बाट गुज्रीएको मानिसहरु यो Virus ले अर्को युद्ध निम्ताएको थियो। एउटाले भन्यो “यसलाई तिमिहरुले Spenish flu नाम दिएका छौ। यो Virus ले 5 करोड मानिस मरिसकेको छ र 50 करोड भन्दा बढी मानिसलाई यो Virus ले संक्रमण गरीसकेको छ, यानि यो पृथ्वीको प्रत्येक तीनजना मध्ये एकजनालाई यो Virus संक्रमण छ।”
फेरि मेरो हात समाइयो र मेरो होस पुग्यो Jully 20 1969 मा
जब सारा संसारले हर्ष र उल्लासको साथ Neil armstrong र Buzz aldrin लाई चन्द्रमाको सतहमा अवतरण गरेको मनोरम दृश्य हेरिरहेका थिए।
फेरि मेरो होस खुल्यो सन 2025 मा, यहा अत्यन्त व्यस्त शहरहरुमा एकनासले घुरेर हेरिरहेका ठूला-ठूला भवन मात्र थिए, मानिसहरुको संख्या एकदमै थोरै लाग्छ पुरा संसार कर्फ्युमा छ, तर आकाश खुल्ला चराचुरुङ्गी आफ्नै स्वतन्त्रमा उडिरहेका छन्, कम्पनिहरुबाट निस्किएको धुँवा धुलो अब त्यति देखिदैन, नजिकको बगैँचाबाट आएको फुलहरुको मनमोहक सुगन्धमा भमराहरु झुमिरहेका थिए।
यत्तिकैमा एउटाले भन्यो ”आधा सकिएछन्।”
त्यस वाक्यको अर्थ के थियो मैले बुझिन वास्तवमा मैले बुझ्न नै चाहिन।
“तेरो घर फोहोर भयो भने या पुरानो भयो भने तँ के गर्छस?” एउटाले सोध्यो।
साच्चै नै अनौठो थियो यिनीहरुको संवाद , मुखले केही बोल्नै नपर्ने मनमा बोलेको अर्को पक्षले सुन्ने। अनि मैलेपनि मनबाटै भने “घर सफा गर्छु, त्यसलाई नयाँ बनाउने कोसिस गर्छु।”
फेरि उस्ले भन्यो “आफ्नो घर छोडेर अरुको घरमा गएर बस्दैनस?”
“अरुको घरमा मलाई सधै बस्न दिनु पर्योनी” मैलेपनि भने।
“त्यसो हो भने तिमी मानवहरु आफ्नो घर छोडेर किन हाम्रो तिर आउन खोज्दैछौ?” मैले कुरा बुझिन, फेरि अर्कोले भन्यो “तिमीहरुको शरीर Bacteria बाट बनेको हुन्छ, अनि हाम्रो Virus बाट। तिमीहरु जीवनको लागि Oxygen लिन्छौ, हामी Carbondioxide , हाम्रो भूगोल हाम्रो बनावट एकअर्कामा धेरै भिन्न छ।” अघिसम्म अलमलमा थियो मन अब ढुक्क भए, यिनीहरु त बिना निमन्त्रणा अर्कै डल्लो बाट पधारिनु भएको एलियन(Alien) रहेछन।
“तिमीहरुको मा जति-जति कल कारखाना थपिदै गए त्यति-त्यति रुख बिरुवा नासिदै गए, यो त उल्टो भएन र ? समुन्द्रमा सामुद्रिक जीव भन्दा बढी प्लास्टिक छ, वायुमण्डलमा शुद्धता भन्दा बढी प्रदूषण छ। आफ्नो घर सफा राख, रुख बिरुवा रोप, प्लास्टिक अनि धूलो धुवाँको प्रयोग सकेसम्म कम गर। अनि महत्वपूर्ण कुरा आफ्नो धर्तीलाई माया गर अरुकोलाई होइन, नत्र हामी फेरि यहा आएर हामीमा भएको Virus(corona) ले यस्तो महामारी नफैलियोस। प्रकृतिले हामी सबैलाई आ-आफ्नो खुबी अनुसारको वातावरण दिएको छ, जसरी माछालाई पानीबाट झिकेर सुन्दर घरको सोफामा राखेपनि त्यो त्यहाँ बाँच्न सक्दैन, तिमी हामी पनि त्यस्तै हौ। तिमीहरुको लापरवाही यस्तै रहने हो भने मानव सभ्यताको अन्त्य टाढा छैन।”
यतिकैमा मेरो हात छोडियो र म सपनाबाट बिउँझिए।
ऊफ… कस्तो खराब सपना।
तर अचम्म मेरो हातको नाडीमा तीनवटा औंलाको हरियो डाम तीन घण्टा पछि मात्र हराएर गयो।
✍️इ-कहानीहरु(Aug14 2019)
Everything is very open with a precise clarification of the challenges. It was definitely informative. Your website is very useful. Many thanks for sharing!