अ यार!
एउटी थिइन
जस्लाई म बेहिसाब प्रेम गर्थे
त्यो पाउनु नै पर्छ भन्ने प्रेम होइन
त्यो हठ वाला प्रेम थिएन,
तर हठ थिएन भन्दैमा
साँचो थिएन भन्न चाहिँ
मिल्दैन है!
उस्को धड्कन कसैकै लागि
धड्किन्छ भन्ने बुझेर पनि
कसरी आफ्नो बनाउने सपना
देख्न सक्छु र हैन?
बुझ्नुस् एकतर्फी प्रेम थियो।
कहिले घण्टौ कुरा हुन्थ्यो
कहिले महिनौ चुप
हाय,
उनी कसैकै अमानत हो भन्ने
बुझेर पनि
प्रेम गरिरहनु
दर्द सहिरहनु
कत्ति मिठो मुर्खता है?
मलाई याद छ,
ति घण्टौ गरिएका कुरा पश्चातपनि
त्यही कुराहरु सम्झिएर
एकान्तमा एक्लै मुस्कुराउनुको मज्जा!
भन्न त म सक्थे होला
चिच्याई-चिच्याई
मनका सारा कुराहरु
तर भनिन
भन्न सकिन या चाहिन
बस भनिन,
तर नभनेर नै जाती गरे
भनेको भए सायद
म मनै रहन्न थिए कि?
हाम्रो सम्बन्ध यस्तै प्रगाढ
रहन्न थियो कि?
ए अ!
हिजो देखे उनीलाई
अरुकै रानी भैसकेछिन्
उफ्……..
मलाई टोलाउने फुर्सद कहाँ?
कसैको यादमा
आँखा रसाउने फुर्सद कहाँ?
बस् लामो सुस्केरा लिए
र पर क्षितिज तिर हेर्दै भने
खुसी हुनु…
थाहा छैन उन्को दिलमा
मेरो लागि के छ?
या के थियो?
वास्तवमा थाहा पाउन
म चाहन्न,
यो थाहा नहुनुमा नै
क्या मज्जा छ,
र म जिन्दगी भरि
यो मज्जाको मजा
लुटिरहनेछु।
-शुभम्